दफा १९७
निर्देशिका बनाउन सकिने
(१) यस संहिता बमोजिम सम्पादन हुने कामकारबाहीलाई सरल, स्पष्ट र सुव्यवस्थित गर्न देहायको विषयमा देहायको अधिकारीले आवश्यकता अनुसार निर्देशिका बनाई लागू गर्न सक्नेछः–
(क) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान एवं अभियोजन सम्बन्धमा महान्यायाधिवक्ताको राय लिई नेपाल सरकारले,
(ख) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको बहस पैरबी प्रतिरक्षा, कानूनी राय सम्बन्धमा महान्यायाधिवक्ताले,
(ग) परिच्छेद ६ अन्तर्गत समाह्वान तामेलीका सम्बन्धमा सर्वोच्च अदालतले,
(घ) अदालत वा इजलासको व्यवस्थापनका सम्बन्धमा सर्वोच्च अदालतले,
(ङ) परिच्छेद १५ अन्तर्गतका फैसला कार्यान्वयनका सम्बन्धमा सर्वोच्च अदालतले,
(च) दफा ११६ बमोजिम मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ताको परामर्श लिई नेपाल सरकारले,
(छ) दफा १५९ बमोजिम माफीका सम्बन्धमा महान्यायाधिवक्तासँग परामर्श लिई नेपाल सरकारले,
(ज) अन्य अदालती कामकारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका यसै संहिता अन्तर्गत जारी भएको मानिनेछ ।